देश
काठमाडौं । अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पुनः बयानका निम्ति बोलाएको छ ।
आइतबार (कात्तिक ९) नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको थियो । मंगलबार (कात्तिक ११) पुनः बयानका निम्ति उनलाई बोलाइएको प्रहरीले जनाएको छ ।
ब्युरोका एसपी दीपकराज अवस्थीले सोमबार (कात्तिक १०) सार्वजनिक बिदा भएका कारण उनलाई मंगलबार बोलाइएको जानकारी दिए ।
अधिवक्ता नेपालमाथि प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक प्रतिक्रिया दिएको आरोप छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १६:१७
प्रतिक्रिया दिनुहोस्