site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
    
नेपाल श्रीलंकासँग पहिलो सेटमा १८–२५ ले पराजित भयो । नेपालले दोस्रो सेट, १७–२५ र तेस्रो २०–२५ ले गुमायो ।

योसँगै नेपालले प्रतियोगितामा चौथो हार व्यहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्र जितेको छ । 

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौँ स्थानमा रह्यो । नेपालले यसअघि माल्दिभ्सलाई हराएको थियो । नेपाल तुर्कमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागी यो प्रतियोगितामा नेपालले पाँचौँ स्थानको प्लेअफका निम्ति मंगलबार (भोलि) माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । रासस
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्