site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक
फाइल तस्बिर ।

काठमाडौं । इरान, नेपाल र भारत सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा घरेलु टोलीविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । सोमबार (कात्तिक १०) नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले सावित्रा भण्डारीको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

टोलीमा तीन परिवर्तन भएको छ । यसअघि पहिलो रोजाइमा परेकी एञ्जिला तुम्बापो सुब्बालाई गोलकिपर अञ्जना रानामगरले प्रतिस्थापन गरेकी छन् । हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईलाई मौका दिइएको छ । मिडफिल्डर दिपा शाहीले सुरुआती–११ मा स्थान बनाएकी छन् भने रक्षक निशा ठोक्कर सब्स्टीच्युट खेलाडीको रूपमा छिन् । 

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार सोमबार साँझ ६:१५ बजे हुनेछ । 

खेलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने कोसिसमा हुनेछ । यता, भारत पनि यही प्रयासमा हुनेछ । यो खेल दुवै टोलीको अन्तिम खेल हो । यसअघि दुवै टोलीले च्याम्पियन इरानसँग प्रतिस्पर्धा गर्दा क्रमशः ३–० र २–० को हार बेहोरेको थियो । इरान भने यसअघि नै च्याम्पियन भइसकेको छ । 

यस्तो छ सुरुआती–११ : 
पूजा राना, विमला विक, समीक्षा घिमिरे, मनमाया दमाई, रेनुका नगरकोटे, सावित्रा भण्डारी, रेखा पौडेल, प्रिति राई, सविता रानामगर, अञ्जना रानामगर, दिपा शाही
 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्