site stats
बाह्रखरी :: Baahrakhari
देश
बन्चरेडाँडामा फोहोर विवाद : काठमाडौं आउँदै स्थानीय प्रतिनिधिसहितको टोली
फाइल तस्बिर ।

काठमाडौं । पुराना सहमति कार्यान्वयन नगरिएको भन्दै फोहोरका गाडी रोकेर आन्दोलनमा उत्रिएपछि स्थानीय प्रतिनिधिसहितको टोली आज (कात्तिक १३) काठमाडौं आउने भएको छ ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग छलफल र वार्ताका निम्ति धादिङका सहायक प्रमुख जिल्ला अधिकारी, धुनिबेँसी नगरपालिकाका मेयर, नुवाकोटको ककनी गाउँपालिकाका मेयर, प्रहरी अधिकारी र स्थानीय प्रतिनिधि काठमाडौं आउन लागेका हुन् ।

धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर पुगेका गाडीलाई बुधबार (कात्तिक १२)देखि ल्यान्डफिल साइटसम्म पुग्न दिएका छैनन् । स्थानीयको आन्दोलन जारी राखेका जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए ।

“आज स्थानीय प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिकाको टोली काठमाडौं आउँदै छ । सो टोलीले महानगर र सहरी विकास मन्त्रालयसँग वार्ता, छलफल गरेर निकास निकाल्न सक्छ,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्