site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्गमा राति गाडी चल्न नदिइने
फाइल तस्बिर ।

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।

प्रशासनका अनुसार, आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म र भोलि साँझ ५ बजेदेखि पर्सि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन आवागमनमा निषेध गरेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्