site stats
बाह्रखरी :: Baahrakhari
देश
बयानका लागि पुनः साइबर ब्युरो पुगे स्वागत नेपाल
फाइल तस्बिर ।

काठमाडौं । अधिवक्ता स्वागत नेपाललाई प्रहरीले बयानका निम्ति पुनः बोलाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले कात्तिक ९ गते नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको थियो । तर, उनलाई आज पुनः बोलाइएको हो ।

केहीबेरअघि पुगेका नेपालमाथि प्रहरीले बयान लिन थालेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।

अधिवक्ता नेपालमाथि प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक प्रतिक्रिया दिएको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्