site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धर्मको नाममा

अमर अधिकारी


१.
एकीकरणका लागि पार्टीहरू किन जुट्छन् थाहा छैन
केके नमिलेपछि समय समयमा टुट्छन् थाहा छैन
के नै भरोसा छ र यहाँ स्वार्थीहरू सत्तामा गएपछि 
अनेक बहानामा किन राज्यकोष लुट्छन् थाहा छैन ।

२. 
ठग्न धेरै सजिलो छ धर्मको नाममा
गुरुले शिष्यलाई जोताउँछन् काममा     
आश्रममै नगद थुप्रिन्छ किन कि त्यहाँ
महसुल बुझाएझैँ लाग्नु पर्दैन लाममा ।

३.
नक्कली अभियन्ताका खेलहरू धेरै भए
खराब राजनीतिज्ञका झेलहरू धेरै भए
अपराधी उम्किन्छन् माथिमाथि मिलेपछि
त्यसैले सज्जनलाई थुन्ने जेलहरू धेरै भए ।

(बूढानीलकण्ठ, काठमाडौं) 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्