काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतीय पारीसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकालाई जितका निम्ति २७२ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनायो ।
नेपालका निम्ति ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
करण केसीले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४९ रनको महत्त्वपूर्ण पारी खेले । कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।
अमेरिकाका हर्मीत सिंहले तीन विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान दुई/दुई विकेट लिए । जसदीप सिंह र शुभम रन्जानेले समान एक/एक विकेट लिए । रासस