देश
काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार (कात्तिक १५) दिउँसो काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रेको पनौतीका ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा एकजना घाइते भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्