site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानसेनापतिले गरे दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका दुईजनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आइतबार (कात्तिक १६) सैनिक मुख्यालय जंगीअड्डामा एक कार्यक्रम आयोजना गरी प्रधानसेनापतिले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमा पदोन्नति भएका सहायक रथीद्वय हिम्मतबहादुर बिष्ट र विष्णुकुमार खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्