site stats
बाह्रखरी :: Baahrakhari
देश
निकोलस भुसालले बोलाएपछि माइतीघर पुगेका दुईजना पक्राउ

काठमाडौं । माइतीघरमा नारा लगाउने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निकोलस भुसाल समूहले आज माइतीघरमा आन्दोलन गर्न आउने बताएको थियो । उनले आज दिउँसो २ बजेदेखि प्रदर्शन गर्ने बताएका थिए । भुसाल आफैँ चाहिँ माइतीघरमा देखा परेका छैनन् ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।‍

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्