देश
बुटवल । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तम्घास–सिमलटारी सडकखण्डको इस्मा गाउँपालिका–१, भाराह खोलामा शनिबार साँझ भएको दुर्घटनामा रेसुंगा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, तम्घासतर्फ गइरहेको लु ५६ प ८४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार सरोजको मृत्यु भएको हो ।
मोटरसाइकल चालक रेसुंगा नगरपालिका–२, बाख्रेछेडाका २७ वर्षीय मोहन बस्नेत छन् । उनलाई प्रहरीको नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ १५:०७
प्रतिक्रिया दिनुहोस्