देश
विराटनगर । तीन दिनअघि मोरङको विराटनगरस्थित सिंघिया खोलामा बेपत्ता भएका युवक श्रवण मण्डलको शव भेटिएको छ । सोमबार (कात्तिक १७) बिहान विराटनगर महानगरपालिका–१४, झटियाहीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आवश्यक कानुनी प्रक्रियापछि शव परीक्षणका निम्ति पठाइएको छ । खोलामा बेपत्ता हुनुअघि श्रवण नजिकैको पसलमा देखिएका सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । उनलाई खोज्न गोताखोर समेत परिचालन गरिएको थियो ।
विराटनगर–१० का २४ वर्षीय श्रवण आफैँ खोलामा हामफालेका थिए वा अरू कुनै कारण थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्