site stats
बाह्रखरी :: Baahrakhari
खेल
पीएसजीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन आवश्यक : कम्पनी

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कम्पनीले टिमले आफ्नो अपराजित यात्रा कायम राख्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् । सोमबार कम्पनीले अपराजित यात्रा कायम राख्न जित आवश्यक रहेको बताएका हुन् ।

“टिमले हामी जित निकाल्न सक्छौँ भनेर सोच्नपर्छ । यसका निम्ति उत्कृष्ट प्रदर्शन आवश्यक छ । पीएसजी च्याम्पियनसिपको पछिल्लो संस्करणको विजेता हो, तर पनि हामी सम्भावनाप्रति आशावादी रहनुपर्छ,” कम्पनीले भने ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज यी दुई टिम प्रतिस्पर्धा गर्दै छन् । खेल पीएसजीको घरेलु मैदान पार्क देस प्रिन्सेसमा नेपाली समयानुसार १ः४५ बजे सुरु हुनेछ । 

पीएसजी र बार्यन तालिकाका दुई शीर्ष टिम हुन् । समान नौ अंक बनाए पनि पीएसजी गोलअन्तरका आधारमा पहिलो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्