site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दमौली । तनहुँको व्यास नगरपालिका–१, छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार (कात्तिक १७) राति एकजनाको मृत्यु भएको छ । सोही स्थानका २८ वर्षीय अमित सुयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, उनका दाइ ५४ वर्षीय शुक्र र अमित खोलामा माछा मार्न गएका थिए । रामबहादुरको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उक्त घटना भएको हो ।

करेन्ट लागेर घाइते भएका अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएको थियो । मंगलबार (कात्तिक १८) बिहान १२ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्