site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नागरिक एपमा पुनः सुरु भयो ड्राइभिङ लाइसेन्स सेवा

काठमाडौं  । सरकारले नागरिक एपमार्फत सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सेवा पुनः सञ्चालनमा ल्याएको छ । नागरिक एपका अनुसार, आजदेखि ड्राइभिङ लाइसेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सर्भरमा आगजनी गरिएपछि सेवा अवरुद्ध भएको थियो । उक्त सेवा आजदेखि सञ्चालनमा ल्याइएको नागरिक एपले जनाएको छ । 

यससँगै एपमा ट्राफिक नियम उल्लंघन र अनलाइन ट्राफिक सचेतना कक्षा सेवा पनि सुरु भएका छन् । अब प्रयोगकर्ताले ट्राफिकसम्बन्धी जरुरी जानकारी, जरिवाना विवरण तथा सचेतना कक्षामा सहभागी हुन सक्नेछन् ।

नागरिक एपले मोबाइलमा सवारीचालक अनुमतिपत्र नदेखिए प्रयोगकर्तालाई एपलाई रिस्टार्ट गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्