site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना (तस्बिरसहित)

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विकृतिविरुद्ध खेलाडीहरूले धर्ना दिएका छन् । बिहीबार बिहान एन्फा मुख्यालयमा नेपाल फुटबल खेलाडी संघले एक घण्टा धर्ना दिएको हो ।

धर्नमा सहभागीहरूले 'एन्फा फुटबल एसोसिएसन कि कन्सल्टेन्सी ?,' 'विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?' 'नो गेम, नो फ्रेम : एन्फाज टू ब्लेम', 'घरेलु लिग चलाऊ : फुटबल बचाऊ', 'वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल', 'फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो'लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका थिए ।

०८२ मा फुटबल गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर, यस रकमको विस्तृत हिसाब सार्वजनिक नहुँदा क्लबहरूले असन्तुष्टि जनाएका छन् ।

यसबाहेक खेलाडीहरूको तलब र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लबहरूले खेलाडीहरूलाई समयमै तलब नदिएको गुनासो आएको थियो ।

Protest-at-ANFA_NPL-(9)-1762410664.jpeg

Protest-at-ANFA_NPL-(7)-1762410664.jpeg

Protest-at-ANFA_NPL-(8)-1762410664.jpeg

Protest-at-ANFA_NPL-(10)-1762410664.jpeg

Protest-at-ANFA_NPL-(5)-1762410663.jpeg

Protest-at-ANFA_NPL-(6)-1762410663.jpeg

Protest-at-ANFA_NPL-(2)-1762410661.jpeg

Protest-at-ANFA_NPL-(1)-1762410662.jpeg

Protest-at-ANFA_NPL-(4)-1762410662.jpeg

तस्बिरहरू : एनपीएल

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्