देश
विराटनगर । हुलाकी राजमार्गको कटहरीखण्ड लामो समयदेखि निर्माण नगरिँदा धुलोहिलोको सास्ती खेपेका स्थानीयले बिहीबार (कात्तिक २०) सडकमा धर्ना दिएका छन् । पाँच किलोमिटर खण्डको काम सञ्चालन गर्न ठेकेदारले ध्यान नदिएको भन्दै स्थानीय धर्नामा बसेका हुन् ।
यो खण्ड लामो समयदेखि अधुरो छ । ठेकेदारले सडकमा पानी समेत नहाल्दा धुलोले हिँड्डुल गर्न यात्रु तथा सवारीलाई सास्ती भएको स्थानीयले बताएका छन् ।
सडक निर्माणको काम नथालिएको भन्दै केही समयअघि कोसी प्रदेशसभा सदस्य भीम पराजुलीले अनशन बस्ने चेतावनी दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा काम सञ्चालन गराउने प्रयास गरिएको थियो । उक्त खण्डको काम अझै अगाडि नबढाइएको पराजुलीले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १२:२१
प्रतिक्रिया दिनुहोस्