काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका रक्षक ले नर्मेन्ड घाइते भएका छन् । बुधबार च्याम्पियन्स लिगअन्तर्गत युनियन सेन्ट गिलोइजविरुद्धको खेलमा उनी घाइते भएका हुन् ।
बिहीबार एट्लेटिकोले स्वास्थ्य परीक्षणका क्रममा उनको बायाँ खुट्टामा ‘गम्भीर’ चोट लागेको पुष्टि गरेको छ । “बुधबार भएको स्वास्थ्य परीक्षणमा दायाँ खुट्टाको मांसपेशीमा गम्भीर चोट लागेको पुष्टि भएको छ,” एट्लेटिकोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खेलमा उनी पहिलो हाफको मध्य समयमा मैदानबाट बाहिरिएका थिए । २६औँमा उनलाई टिमका जोस मारिया जिमेनेजले प्रतिस्थापन गरेका थिए ।
उनी स्वस्थ्य हुन कति समय लाग्छ भन्ने बारेमा एट्लेटिकोले केही खुलाएको छैन । स्पेनिस सञ्चारमाध्यमले उनलाई सामान्य अवस्थामा फर्कन एक महिना लाग्ने उल्लेख गरेका छन् ।