site stats
बाह्रखरी :: Baahrakhari
खेल
विरोधमा उत्रिएका खेलाडीहरूले एन्फालाई उपहारमा दिए मेडल (फोटोफिचर)

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन् । नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना दिएका छन् ।

players-protest-at-anfa-(5)-1762414944.jpeg
खेलाडीरूले आफूहरूले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइदिएका छन् । नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरूको भनाइ छ ।

players-protest-at-anfa-(3)-1762414943.jpeg
यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए । यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौँडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो ।

players-protest-at-anfa-(2)-1762414943.jpeg
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँकी ८ ए डिभिजन  क्लबको भने प्रतिनिधित्व हुनेछैन ।

players-protest-at-anfa-(4)-1762414943.jpeg
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्