site stats
बाह्रखरी :: Baahrakhari
देश
जाँचबुझ आयोगले थाल्यो ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान
गौरीबहादुर कार्की । फाइल तस्बिर ।

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो ।

गएको भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते प्रदर्शनकारीले संसद् भवन, सिंहदबारमा आगजनी गरेका थिए । प्रहरी कार्यालयमा पनि आगजनी गरिएको थियो ।

त्यसक्रममा तीन प्रहरीको समेत ज्यान गएको थियो । प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेको थियो ।

प्रदर्शनपछिको अन्तरिम सरकारले घटनाबारे जाँचबुझ गर्न आयोग बनाएको हो । बुधबार (कात्तिक १९) आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिएको थियो ।

फिल्डमा खटिएका अधिकृतलाई बिहीबार बयान दिन बोलाइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्