site stats
बाह्रखरी :: Baahrakhari
खेल
लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान

काठमाडौं । लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन् । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

४६ वर्षीय योहान्नानसँग रणजी ट्रफीमा विभिन्न टिमलाई प्रशिक्षण दिएको अनुभव छ । उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । उनको प्रशिक्षणमा केरला विजय हजारे ट्रफीमा दुईपटक क्वार्टरफाइनल पुगेको थियो ।

उनले सन् २०१७ मै केरलाको बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको रूपमा समेत काम गरेका थिए । यस्तै, सन् २०२० मा केरला क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नुअघि उनले केरला क्रिकेट एकेडेमीको हाई पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा काम गरेका थिए ।

पछिल्लोपटक सन् २०२४–२५ सिजनमा उनी आन्ध्र क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

भारतीय राष्ट्रिय टिमका पूर्वबलरसमेत रहेका योहान्नानले भारतका लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय दुवैमा समान पाँच विकेट लिएका थिए ।

उनले सन् २००९ मा इङ्गल्यान्डविरुद्ध भारतका लागि टेष्टमा डेब्यु गरेका थिए । यस्तै सन् २००२ मा वेष्टइन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्