site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतसँग जोडिएको सप्तरीका नाका तीन दिन बन्द
फाइल तस्बिर ।

राजविराज । भारतको बिहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार (कात्तिक २३) राति १२ बजेदेखि बन्द गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचनामा बिहारमा हुने विधानसभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।

प्रजिअ पोखरेलका अनुसार, यही कात्तिक २५ गते राति १२ बजेसम्म सीमानाका बन्द गरिनेछ । उक्त अवधिमा बिहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्