देश
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, कार्तिक २७ गतेदेखि लागु हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो ।
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका अरू निर्णय :
- राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत ।
- भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय ।
- कार्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति ।
- भूउपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय ।
- २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय ।
- मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न सिफारिस ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १९:१३
प्रतिक्रिया दिनुहोस्