site stats
बाह्रखरी :: Baahrakhari
देश
जेनजी आन्दोलनको दुई महिना बित्यो, फरार पाँच हजार कैदीबन्दी अझै फर्केनन्
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ‘जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारबाट भागेका पाँच हजारभन्दा बढी कैदीबन्दी अझै फर्केका छैनन् । पाँच हजार ४१ कैदीबन्दी नफर्केका कारागार व्यवस्थापन विभागले जनाएको छ ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका २८ कारागारबाट १४ हजार ५५४ कैदीबन्दी भागेका थिए । भागेका मध्ये हालसम्म नौ हजार ५१३ कैदीबन्दी कारागार फर्केका विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

जेनजी आन्दोलनको समयमा देशका विभिन्न कारागारमा ३० हजार ६४१ कैदीबन्दी थिए । उनीहरूमध्ये झन्डै आधा कैदीबन्दी भागेका थिए । भाग्ने क्रममा १५ कैदीबन्दीको मृत्यु भएको थियो ।

भागेका कैदीबन्दीलाई कारागार फर्कन भन्दै विभागले पटक–पटक सूचना जारी गरेको छ । तर, अझै ठूलो संख्यामा कैदीबन्दी कारागार फर्केका छैनन् । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्