site stats
बाह्रखरी :: Baahrakhari
देश
सेवानिवृत्त खापुङलाई विदेश भ्रमणमा रोक, आयोगले भन्यो– स्वीकृतबेगर काठमाडौं नछाड्नू
चन्द्रकुबेर खापुङ । फाइल तस्बिर ।

काठमाडौं । गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको जाँचबुझ गर्न गठित आयोगले बिहीबार (कात्तिक २७)देखि सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ । बिहीबारै बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको आयोगले जनाएको छ ।

“आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न/गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,” आयोगको निर्णयमा भनिएको छ ।

कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगको इमेल ठेगाना र कार्यालयमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

asfd-1763018627.jpg
 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्