काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक र प्रहरीको साझेदारीले मात्र शान्ति सुरक्षा कायम हुने भन्दै यसलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् । बिहीबार (कात्तिक २७) गृह मन्त्रालयमा आईजीपीको दर्ज्यानी चिह्न लगाएर कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालय जाने क्रममा उनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
यसबाहेक आउँदो फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने जिम्मेवारी समेत प्रहरीको रहेको भन्दै उनले आफूहरू त्यसतर्फ लाग्ने बताए ।
सोमबार (कात्तिक २४) नेपाल प्रहरीको ३३औँ आईजीपीमा नियुक्त भएका कार्कीलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।