खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटसल टिमको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।
बिहीबार (कात्तिक २७) अखिल नेपाल फुटबल संघ (एन्फा)ले महर्जनलाई राष्ट्रिय महिला फुटसल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । आजै एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।
एन्फाले महर्जनसँगै टिमको सहायक प्रशिक्षकमा नरेश श्रेष्ठलाई नियुक्त गरेको छ ।
नेपालले आगामी जनवरीमा हुने साफ महिला फुटसल च्याम्पियनसिप खेल्दै छ । प्रतियोगिता थाइल्यान्डमा सन् २०२६ को जनावरी १३ देखि २६ सम्म हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ १६:३४
प्रतिक्रिया दिनुहोस्