site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक
त्रिवि क्रिकेट मैदान । फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, समर्थकहरूले उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै, अन्य दिनमा खेल हुँदा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ । सिजन पासको १५ हजार रुपैयाँ तोकिएको छ । 

क्यानले खल्ती एपबाट टिकट काट्न सकिने जनाएको छ । 

प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने तालिका छ ।

npldsd-1763046027.jpg
 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्