खेल
काठमाडौं । नेपाल बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा १–० ले अगाडि छ ।
बिहीबार (कात्तिक २७) बंगलादेशको ढाकास्थित फुटबल रंगशालामा नेपाललाई रोहित चन्दले अग्रता दिलाए । रोहितले खेलको २९औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए ।
खेलमा दुवै टोली पहिलो जितको खोजीमा छ ।
यो नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हो । यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ५ मा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा टुंगिएको थियो ।
नेपालको यो खेल आगामी नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलको तयारी स्वरूप खेलेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२ २०:४३
प्रतिक्रिया दिनुहोस्