site stats
बाह्रखरी :: Baahrakhari
खेल
डिफेन्डिङ च्याम्पियन कर्णाली अपराजित रहँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कर्णाली यास्विसले एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सलाई ३–१ सेटले पराजित गरेको छ । 

शुक्रबार (कात्तिक २८)काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न खेलमा ललितपुरले २५–१७ ले पहिलो सेट जितेको थियो । पछि, कर्णालीले यो अवस्थालाई उल्ट्याउँदै ललितपुरलाई ३–१ सेटले पराजित गरेको हो । 

कर्णालीले ललितपुरलाई हराउने क्रममा दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २६–२४, २५–२३ र २७–२५ को नतिजा निकालेको थियो । 

यो जितबाट कर्णालीले अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको शीर्ष टोली रहेको कर्णालीले १५ अंक जोडको छ । 

पराजित ललितपुर भने दोस्रो टोलीको रूपमा फाइनल प्रवेश गरेको छ । समूह चरणमा लुम्बिनीले कुल पाँच खेल खेल्दा तीन जित र दुई हारकासाथ नौ अंक मात्र जोड्न सक्यो । 

फाइनल शनिबार दिउँसो ३ बजे हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्