site stats
बाह्रखरी :: Baahrakhari
खेल
अर्जेन्टिनाको जितमा मेसीको गोल र असिस्ट

काठमाडौं । कप्तान लियोनल मेसीको गोल र असिस्टमा अर्जेन्टिनाले एन्गोलाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल २–० ले जितेको छ ।

शुक्रबार राति एन्गोलाको लुआन्डामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल गरे । अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । 

खेलको ४३औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । जसमा मेसीले असिस्ट गरेका थिए । 

८२औँ मिनेटमा मेसीले नै गोल गरेपछि अर्जेन्टिनाले अग्रतालाई दोब्बर बनायो । अफ्रिकी महादेशमा मेसीले गरेको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । यसपछि थप गोल नहुँदा घरेलु टिमविरुद्ध अर्जेन्टिनाले जित सुनिश्चित गरेको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्