site stats
बाह्रखरी :: Baahrakhari
खेल
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८०७ दिनपछि बाबरको शतक

काठमाडौं । पाकिस्तानका चर्चित ब्याटर बाबर आजमले २६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।

शुक्रबार रावलपिण्डीमा सम्पन्न खेलमा एकदिवसीय शृंखलाअन्तर्गत श्रीलंकाविरुद्ध बाबरले शतक बनाएका हुन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरले ८०७ दिनपछि बनाएको शतक हो । बाबरले पछिल्लो पटक एसिया कपअन्तर्गत नेपालविरुद्ध शतक बनाएका थिए । सन् २०२३ मा आयोजित एकदिवसीय संरचनाको एसिया कपमा नेपालविरुद्ध बाबरले १५१ रन बनाएका थिए ।

शुक्रबार श्रीलंकाविरुद्ध बाबरले अविजित १०२ रन बनाए । उनले ११९ बलमा आठ चौका प्रहार गरेका थिए । 

“यो निक्कै कठिन समय थियो । तर, मैले आफूलाई सम्हाल्न सक्दो प्रयास गरेँ । मैले आफूमा सुधार्न आवश्यक कुरामा काम गरेँ । एक क्रिकेटरको रुपमा, पक्कै पनि यस्तो समय आउँछ नै,” शतकको लामो खडेरी तोडेपछि बाबरले भने “तर, खेलाडीले हरेक दिन आफ्नो योजना पछ्याउनु पर्छ । जसको प्रतिफल आउँछ ।”

यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरले बनाएको २०औँ शतक हो । यस्तै, क्रिकेटका तीनै संरचनामा बाबरको यो ३२औँ शतक हो ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्