site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङमा लडेर बालिकाको मृत्यु
फाइल तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । फुङ्लिङ–१०, फुरुम्बुका वीरबहादुर नुगोकी सात वर्षीय छोरी अर्पणाको मृत्यु भएको हो ।

उनी हाङदेवामा बस्दै आएकी थिइन् । शुक्रबार (कात्तिक २८) साँझ लडेर घटनास्थलमै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रोहित शर्मा बढईले जानकारी दिए ।

उनका अनुसार, निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो । शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको बढईले जानकारी दिए । रासस

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्