काठमाडौं । जर्मनीले फिफा विश्वकप छनोटमा लक्जेम्बर्गविरुद्ध २–० को सहज जित निकालेको छ । जर्मनी चारपटकको फिफा विश्वकप विजेता राष्ट्र हो ।
शनिबार पाहुना टोलीलाई लक्बजेम्बर्गको स्टेड डे लक्जेम्बर्ग रंगशालामा जित दिलाउन वोल्टमेडले दुई गोल गरे । उनले ४९ र ६९औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै सन् २०२६ को विश्वकप छनोटअन्तर्गत युरोपियन क्षेत्रीय छनोटको प्रारम्भिक चरणमा शीर्ष स्थानमा रहेको जर्मनीले १२ अंक जोडेको छ । समूह ‘ए’मा रहेको जर्मनीले पाँच खेल खेल्दा चार जित र एक हारको नतिजा आत्मसात् गरेको छ ।
स्लोभाकिया १–० नर्दन आयरल्यान्ड
छनोटअन्तर्गत आजै भएको अर्काे खेलमा स्लोभाकियाले नर्दन आयरल्याण्डविरुद्ध १–० को कठिन जित निकाल्यो । स्लोभाकियालाई घरेलु मैदान कोसिके फुटबल एरिनामा जित दिलाउन टोमर बोब्सेक निर्णायक बने । बोब्सेकले इन्ज्युरी समयमा गोल गरेका हुन् ।
जितपछि स्लोभाकिया समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँगै स्लोभाकियाले समान १२ अंक बनाए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । स्लोभाकियाले पाँच खेल खेल्दा चार जित र एक हारको नतिजा आत्मसात् गरेको छ ।