site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा करेन्ट लागेर कामदारको मृत्यु
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । विद्युत् विस्तारको काम गरिरहेका बेला करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । 

महोत्तरीको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरिरहेका जिल्लाकै सोनमा गाउँपालिका–३, गोबरैयाका २८ वर्षीय जयकुमार यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् विस्तारमा ज्यालादारी कामदार रहेका यादवलाई शुक्रबार (कात्तिक २८) तार तान्दै गर्दा करेन्ट लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएको जानकारी दिए । क्षतिपूर्तिको व्यवस्थाका निम्ति पहल थालिएको उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्