site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल २ : जनकपुरले गुमायो पाँचौँ विकेट, अर्धशतक बनाएर पभेलियन फर्किए आसिफ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले ओपनर आसिफ सेखलाई पाँचौँ विकेटको रूपमा गुमाएको छ । 

आइतबार (मंसिर १) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाण्डू गोर्खाजविरुद्ध जनकपुरका मार्कीसमेत रहेका आसिफ अर्धशतक बनाएपछि पभेलियन फर्किएका हुन् । 

उनले ३७ बलमा अर्धशतक पूरा गरेका थिए । यसक्रममा आसिफले ६ चौका र एक छक्का प्रहार गरे । साहब आलमको बलमा सिम्पसनबाट स्टम्प हुनुअघि आसिफले ४१ बलमा ५४ रन थपे ।

जारी खेलको १४ ओभर समाप्त हुँदा जनकपुरले पाँच विकेट गुमाएर ७९ रन बनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्