site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार काभ्रेपलाञ्चोकका कँडेललाई सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम कँडेललाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा कँडेलको नियुक्ति आजैदेखि लागु हुने उल्लेख छ ।

सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्