काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किंग्सले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ पावर प्ले मा उत्कृष्ट प्रदर्शन गरेको छ ।
मंगलबार (मंसिर २) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ५५ रन बनाएको हो ।
विराटनगरबाट हाल क्रिजमा रहेका लोकेश बमले २६ रन जोडेका छन् । त्यसैगरी, अर्का ब्याटर मार्टिन गप्टिलले १३ बलमा १७ रन बनाएका छन् ।
यसअघि पभेलियन फर्केका जर्ज मुन्सेले १० रन जोडेका थिए ।
प्रतियोगितमा यो दुई टिमको दोस्रो भेट हो । यसअघि, पहिलो संस्करणमा यी दुई टिमले प्रतिस्पर्धा गर्दा पोखराविरुद्ध विराटनगरले सुपर ओभरमा जित निकालेको थियो ।
प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए । विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो ।