काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान तथा मार्की खेलाडी सोमपाल कामीले टिमको कमजोरी सुधार गरेर आगामी खेलमा प्रस्तुत हुने बताएका छन् । मंगलबार (मंसिर २) कर्णाली एनपीएलको दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।
कप्तान सोमपालले यही खेलमा भएका कमजोरीलाई सुधार गरेर कर्णाली आगामी खेलमा प्रस्तुत हुने बताएका हुन् । “खेल निकै राम्रो भएको थियो । केही कमजोरीका कारण हार व्यहोर्न पुग्यौँ । खेलमा यस्ता कमजोरीहरू भइरहेका हुन्छन् । आगामी खेलमा २०० प्रतिशत सुधार गरेर आउँछौँ,” सोमपालले भने ।
चितवनलाई जित दिलाउन टोलीका प्रियंक पन्चालले अर्धशतक प्रहार गरेका थिए । कर्णालीले अब प्रतियोगिताको दोस्रो खेल लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ । खेल आगामी शनिबार त्रिवि क्रिकेट रंगशालामा बिवहान ११ः१५ बजे हुनेछ ।