site stats
बाह्रखरी :: Baahrakhari
देश
एक लाख रुपैयाँ घुससहित दुई कर्मचारी पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जमा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, छुट जग्गा दर्ताका निम्ति सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । आयोगको टंगालबाट खटिएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । 

आयोगका अनुसार, उनीहरूले वीरगन्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय–१, २, ३ नम्बर नापी टोलीको कार्यालयमै घुस रकम बुझेका थिए । उनीहरूलाई पक्राउ गरी आयोगले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्