site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । कोसी र गण्डकी प्रदेशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

विभागले दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्