site stats
बाह्रखरी :: Baahrakhari
देश
सिमरा घटनाबारे जेनजी वार्तामा बस्न सहमत, सीडीओसँग छलफल गर्दै

काठमाडौं । बाराको सिमरामा बुधबार र बिहीबार भएको तनावपछि जेनजी समूह प्रशासनसँग वार्तामा बस्न सहमत भएको छ । जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले अहिले स्थिति सामान्य रहेको र आफूहरू वार्ताका लागि तयार रहेको जानकारी दिए ।

"अहिले यहाँको अवस्था शान्त छ । हामी सीडीओसँग वार्ताका लागि जाने तयारी गरिरहेका छौँ । वार्तामा जाने सहमति भइसकेको छ," यादवले भने ।

बुधबार नेकपा (एमाले)का कार्यकर्ता र जेनजी समूहबीच विमानस्थलबाहिर झडप भएको थियो । सोही घटनाको विरोधमा जेनजीले आज (बिहीबार) पनि सिमरामा प्रदर्शन गरेका थिए । निरन्तरको तनावपछि उनीहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग छलफल गर्न तयार भएका हुन् ।

वार्तामा झडपको विषय र शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्