काठमाडौं । देशका केही स्थानमा आज (मंसिर ५) हल्का वर्षा/हिमपातको पूर्वानुमान छ । चार प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस दिन दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा ‘आंशिक’ बदलीको पूर्वानुमान छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
“हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।
यस दिन राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
“गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।