site stats
बाह्रखरी :: Baahrakhari
खेल
ब्रोनले बनाए अर्धशतक, सुदूरपश्चिम शतकनजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर जस ब्रोनले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट ब्रोनले २९ बलमा ५० रन पूरा गरे । जारी प्रतियोगितामा ब्रोनको यो पहिलो अर्धशतक हो । उनी यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग शून्यमा पभेलियन फर्किएका थिए । एनपीएलको दोस्रो संस्करणमा बनेको यो नवौँ अर्धशतक हो । यस्तै, खेलाडीअनुसार उनी अर्धशतक बनाउने आठौँ ब्याटर बनेका छन् ।

जारी खेलको १० ओभर समाप्त हुँदा सुदूरपश्चिमले विकेट नगुमाई ९९ रन बनाएको छ । ब्रोनसँगै अर्का ओपनर विनोद भण्डारी २९ रनमा खेलिरहेका छन् ।

पोखराको प्रतियोगितामा यो दोस्रो खेल हो । पोखराले यसअघि सम्पन्न पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो । 

सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्