site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमविरुद्ध पोखराको खराब सुरुआत, तीन ब्याटर पभेलियन फर्किए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध १९४ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावर प्लेमा खराब सुरुआत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा पोखराले पहिलो ६ ओभरमै शीर्ष क्रमका तीन ब्याटरलाई गुमाएको हो । पहिलो पावर प्लेमा पोखराले तीन विकेट गुमाएर २५ रनमात्र बनाएको छ ।

पोखराबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल र जिम्मी निसम क्रमशः ६ र दुई रनमा खेलिरहेका छन् ।

पोखराले ओपनर दिनेश खरेललाई ६, एडम रोसिङ्टनलाई एक र किरण ठगुन्नालाई नौ रनमा गुमाएको थियो । सुदूरपश्चिमका हर्मित सिंहले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनको योगफल खडा गरेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्