खेल
काठमाडौं । कर्णाली याक्सका ओपनर मार्क वाट नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् ।
शनिबार (मंसिर ६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य पछ्याइरहेको कर्णालीबाट वाटले ४१ बलमा १०० रन पूरा गरे । उनले यसक्रमा ६ चौका र १० छक्का प्रहार गरे । दोस्रो संस्करणमा बनेको पहिलो शतक हो ।
पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले एनपीएल इतिहासकै पहिलो शतक बनाएका थिए ।
वाटले दोस्रो इनिङको छैटौँ ओभरमा जीवनदान पाएका थिए । शेर मल्लले गरेको उक्त ओभरको पाँचौँ बलमा अभिषेश गौतमले वाटको ‘क्याच मिस’ गरेका थिए । त्यति बेला वाट ३९ रनमा खेलिरहेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ १४:१०
प्रतिक्रिया दिनुहोस्