site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल २ : पावर प्ले विराटनगरको पक्षमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार (मंसिर ६)को दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्धको पहिलो पावर प्ले विराटनगर किंग्सको पक्षमा गएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले पहिलो पावर प्लेमा २२ रन मात्र जोड्दा शीर्षक्रमका तीन ब्याटरलाई गुमाइसकेको छ ।

हाल काठमाण्डूबाट क्रिजमा रहेका बेन चाल्र्सवर्थ र गेरहार्ड इरास्मस क्रमशः आठ र सात रनमा खेलिरहका छन् ।

त्यसअघि, काठमाण्डूले ओपनर आकाश त्रिपाठीलाई शून्य, रिकार्डो भास्कोन्सेलोसलाई तीन र प्रतीक श्रेष्ठलाई दुई रनमा गुमाएको थियो ।

पहिलो पावर प्लेमा विराटनगरका मचेन्ट डी लाङ्गेले दुई विकेट लिए । विराटनगरले अर्को एक विकेट भने रनआउटबाट लिएको हो ।

प्रतियोगितामा काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो । 

काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । 

 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्