site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा : ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१५, हेल्दुवारीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय मोटरसाइकल चालक विनोद राउत छन् ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकल सडक छेउमा रोकेको ट्याक्टरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राउतको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका छन् । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी, गौरीगञ्ज–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आएका शिवसताक्षी–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको पनि शनिबार मृत्यु भएको छ । अचानक चक्कर लागेर बेहोस भएका उनको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्