देश
मुग्लिन । चितवनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कालिका नागरपालिका–११, सिद्धिकल्याण चौरस्थित भित्री सडकमा बा१८च८९७३ नम्बरको बोलेरो शनिबार (मंसिर ६) राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते न्यौपानेलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेका सूचना अधिकारी खनालले बताए ।
बोलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बोलेरोमा चालक न्यौपाने मात्र सवार रहेका जनाइएको छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ ०९:०६
प्रतिक्रिया दिनुहोस्